मट्कामा अडिएको युवापुस्ताको मन

रामु ओली : नेपालगन्ज आफैमा खाने परिकारको लागी प्रसिद्ध छ । यहाँको चाट , रावडी, पानी पुरि, हलुवा पराठा, र छोयला भटुरा सम्मले नेपालगन्जका बासिन्दालाई मात्रै होईन यहाँ भित्रने पाहुना समेत लाई लोभ्याउने गर्छ ।

त्यसैमा हालका दिनहरू नेपालगन्जको परिकारमा एउटा नयाँ आयाम थपिएको छ । खान्की मीठो र स्वादिष्ट संगै खान्कीको /परिकार हेर्दा लोभ्याउने पनि हुनुपर्छ, यो मान्यतालाई हाल नेपालगन्जले मट्काको प्रयोग गरेर प्रमाणित गर्दै छ ।

मट्का चिया र दहि

बिपि चोक छेउमा रहेको कन्हा डेरिमा हरेक बिहान एक हुल युवाहरु जम्मा भैसकेका हुन्छन् । मट्का चिया र मट्का दहिको पारखी रहेका ती युवाहरु दैनिक जसो त्यहाँ पुग्ने बताउछन् ।

सामान्य कपमा पाइने चिया भन्दा केही महँगो रहने मट्का चिया पिउदा मट्काको माटोको सुगन्धले मट्का चिया पिउन बाध्य बनाउछ , नेपालगन्ज १० का श्याम श्रेष्ठले बताउछन् । श्रेष्ठ र उनका साथिहरु कन्हा डेरिमा बिहान मट्का चियाको स्वाद लिन र साँझ भने मट्का दहीको स्वाद लिन कन्हामा पुग्ने गर्छन् ।

उनी जस्ता विशेषगरी युवा पुस्ताको मन लोभ्यान सफल मट्काको दहि र चियाले केही बर्ष देखी नेपालगन्जमा आफ्नो ब्राण्डिङ गर्न सफल भैसकेको छ । माटोको भाडा बनाउने कुमाले र त्यसै पेशामा संगलग्न समुदाय केही बर्ष यता देखी नेपालगन्जमा माटो बट बनेको मट्कामा चिया र दही खान अग्रसर भैदिदा उनीहरुको खस्कदै गएको पेशा र आम्दानीको स्रोतले थोरै भएपनि गति लिएको नेपालगन्जमा पत्रकारिता गर्दै आएका वरिष्ठ पत्रकार कमल न्यौपाने बताउने गर्छन् ।

‘हामी आफै पनि मट्कामा चिया र दहि खान्छौ, मट्कामा चिया पिउदा जुन किसिमको स्वाद मिल्छ त्यो अरुमा कहाँ पाउनु र अहिले मट्का नेपालगन्जको एउटा ब्रान्डकै रुपमा स्थापित हुँदै गैरहेको छ जसले नेपालगन्जलाई एउट नयाँ परिचय समेत दिने छ’ , न्यौपानेले बताए ।

साधारण तया प्लास्टिकको कपमा चिया दिने र चिया पिउने चलन फस्टाउदै गएको बेला नेपालगन्जमा भने अहिले चिया तथा दहिको लागी माटोको भाडो (मट्का) तर्फ ब्यवसायी तथा ग्राहकको रोजाइमा परेको छ । नेपालगन्जका केहि डेरि तथा दुग्धजन्य पदार्थ र चिया बिक्रीवितरण गर्ने पसलले मट्काको प्रयोगमा ल्याएका छन् ।

मट्का खिर

उता कोहलपुर पिपरी सम्भवत पहिलोपटक मट्का खिर समेतको बिक्रीवितरण सुरु भएको छ । ब्यवसायिक रुपमा मट्कामा खिर नेपालगन्जको लागी नौलो भएको मट्का खिरको स्वाद लिन कोहलपुर पुगेका नेपालगन्जका एक युवाले बताए ।

केही नयाँ गर्न रुचाउँने युवापुस्ताले आफ्नो मौलिका छुपेको मट्कालाई प्रयोगमा ल्याउदा औधी खुसी समेत छन् , जसको प्रसंशा सामाजिक संजालमा भेट्न र देख्न सकिन्छ । कोहलपुर पिपरीमा संचालनमा आएको मट्का खिर का संचालक गोबिन्द सरणम महाराजाले मट्का खिर यो क्षेत्रकै लागी नयाँ परिकार रहेको र मट्का खिरलाई ब्रान्डिङ गर्नमा कुनै कसर बाकी नराख्ने बताएका छन् ।

२२-२५ किसिमका मसलाहरु मिलाएर बनाउने खिरलाई मट्कामा पेश गरिन्छ । जसले नेपालगन्जको युवा पुस्ता संगै धेरैको मन लोभ्याएको छ ।

प्रतिक्रिया