भोलि नेपालगन्जमा कोरा च्यालेन्ज

नेपालगन्ज : कोभिड विरुद्धको जनचेतनामूलक आम जनतामाझ पु¥याउने उद्देश्यले नेपालगन्जमा कोरा च्यालेन्जको आयोजना गरिने भएको छ । बोरोना कहरका विच विल्कुलै फरक शैलीबाट आयोजकले कोरोना विरुद्ध सन्देश प्रवाह गर्न खोजिएको जनाएको छ ।
गत वर्ष भव्य औपचारिक कार्यक्रमबीच आयोजना गरिएको नेपालगन्ज कोरा यसपाली भोलि शनिवार विहान कुनै औपचारिकता विना नै सम्पन्न गरिंने भएको हो ।

नेपालगन्ज साइक्लिङ्ग क्लब यो पटकको कोरामा आफुले आफैंलाई च्यालेन्ज गर्दै जतिसक्दो कुँदाउने र आफ्नो मन परेको रुटमा कुद्ने योजना अघि सारेको छ, साइकल अभियन्ता सतिश निरौलाले यसपालीको नेपालगन्ज कोरा ऐतिहासिक हुने बताए ।
नेपालगन्ज साइक्लिङ्ग क्लबका अध्यक्ष गगन थापाले बढिमा १० जनाको समूहमा हुने नेपालगन्ज कोरा च्यालेन्जमा विभिन्न १० देखि १२ वटा समूह बन्ने अनुमान गरिएको बताए ।

भोलिको रुट पनि फरक फरक हुने थापाले बताए । सहभागी अभियन्ताहरुले कोभिड बिरुद्धको सचेतनामूलक ससाना ब्यानर साइकलमा लगाउने छन । कोरा च्यालेन्जमा सहभागीलाई अनिवार्य मास्क र सेनिटाइजरको व्यवस्थासँगै साइकल कम्तिमा २ मिटरको भौतिक दुरिमा रहने गरि च्यालेन्जमा भाग लिनु पर्ने छ ।

प्रतिक्रिया