कोरोना अपडेट: बाँकेमा आज ५ जना कोरोनालाई जितेर घर जादै

नेपालगन्ज : बाँकेमा आज कोरोना भाइरसको संक्रमण बाट आइसोलेसनमा भर्ना भएर उपचार गराइरहेका ५ जना घर फर्कदै छन । बाँकेको आइसोलेसन सेन्टर र अस्पतालबाट कोभिड १९ पोजेटिभ पुष्टिभएकाहरु घर फर्कन लागेका हुन ।

आज कोरोनालाई जितेर घर फर्कन लागेकाहरु असार २० गते आइसोलेसनमा भर्ना भएका थिए । आज घर फर्कनेमा जानकी गाउँपालिका वडा नम्बर ३ का २७ वर्षिय महिला, राप्ती सोनारी गाउँपालिका ७ का ४० वर्षिय पुरुष, कोहलपुर नगरपालिका वडा नम्बर ३ र १० का ३१ र ४५ उमेरका पुरुष र बैजानाथ गाउँपालिका वडा नम्बर २ का ३५ वर्षिय पुरुष गरी जम्मा पाँच जना डिस्चार्ज हुन लागेका हुन ।

बाँकेमा हाल सम्मको कोरोना संक्रमित सङख्या ३८३ जना रहेकोमा ३६६ जना निको भएका छन । कोरोना भाइरसको कारण २ जनाको मृत्यु भैसकेको छ भने आइसोलेसनमा हाल १५ जना रहेका छन । नरैनापुर, जानकी र डुडुवा गरि ३ स्थानिय तहमा कोरोना संक्रमणमित नभएको जनस्वास्थ्य कार्यालयका कोभिड १९ फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया