खेलकुदमा जिल्लामै अघि खजुरा

खजुरा : खजुरा ब्याडमिन्टन क्लबले आफ्नो पाचौं नियमित बैठकका साथै गरेका कामको समिक्षा गरेको छ ।

क्लबले निर्माण गरिरहेको ब्याडमिन्टन हल निर्माणका लागी भैराइरहेको प्रगति, हाल सम्म लगेको लागत खर्च र आगामी योजनाका बिषयमा बैठकमा गहन छलफल गरिएको क्लबका अध्यक्ष भक्त गोदारले जानकारी दिनुभयो ।

खजुरा गाउँ पालिकाले गत आर्थिक बर्षमा १० लाख बजेट दिएपछि भएको निर्माण र आर्थिक बर्ष २०७७/०७८ मा क्लबका लागी १५ लाख पालिकाले छुट्टयाइसकेकोले अब गर्नुपर्ने कामका लागी तयारीमा रहेको अध्यक्ष गोदारले बताउनुभयो ।

बैठकमा बोल्दै क्लबले वरिष्ठ सल्लाहकार भिम ओलिले यो आर्थिक बर्षमा क्लबको निर्माणले आकार लिनेमा बिस्वस्थ रहेको बताउनुभयो । गाउँ पालिकाको सहयोग संगै प्रदेश सरकारलाई थप सहयोगकालागी पहल गर्ने वरिष्ठ सल्लाहकार ओलिले बताउनुभयो ।

खजुरा खेलकुदमा अघि बढी सकेकाले अब हबको रुपमा बिकास गर्नुपर्ने आवश्यक देखीएकाे ओलिले जनाउनुभयो । खजुरा अब खेलकुद बिकासमा जिल्लामै अघि रहेकोले खेलकाे बाटोतिर होम्मिनुपर्ने बतानुभयो ।

क्लबले हल निर्माण गर्नका लागी सदस्यहरुबाट सुरुमा रकम संकलन गरेर काम सुरु गरेको थियो । अबको २ बर्षमा ब्याटमिनटन कबडहल निर्माण सप्पन्न गरिने क्लबले जनाएको छ । बैठकमा सल्लाहकार राजेन्द्र आचार्य लगायतले शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया