सन् २०१९ को डिसेम्बरमा कोराना भाइरसको संक्रमण चीनमा मात्रै सिमित देखिएको थियो। पछि कोभिड १९ को संक्रमण विश्वका अधिकांश देशहरुमा फैलियो।
शनिवारसम्म विश्वभर कोरोना भाइरसबाट १ करोड ३६ लाख १६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। ५ लाख ८५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
हालसम्म करिब १ सय ८८ देशमा कोरोना संक्रमण देखिएको छ। भाइरसको संक्रमण बढ्दै गर्दा केही देशहरुमा भने कोभिड १९ को कुनै पनि केस देखिएको छैन। १२ वटा देश /क्षेत्र मा कोरोना भाइरसको संक्रमण नदेखिएको अलजजिराले उल्लेख गरेको छ।
किरिबाटी, मार्सल टापु, माइक्रोनेसिया, नाउरो,उत्तर कोरिया, पलाउ,सामोआ, सोलोमन टापु,टोंगा, तुर्किमिनिस्तान,तुभालु र भानुएटुमा हालसम्म भाइरसको संक्रमण नदेखिएको हो।











