भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमित बालबालिकामा दुर्लभ रोगको लक्षण देखिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। त्यस प्रकारका रोगहरु यसअघि कोरोना भाइरसको कहरबाट सबैभन्दा बढी प्रभावित भएको मुम्बईमा देखिएको थियो।
कावासाकी नाम गरेको उक्त रोगले शरीरमा दाग देखिनुका साथै सुनिने गरेको पाइएको छ।। पाँच वर्षमुनीका बालबालिकामा देखिने यो रोगले संक्रमित बालकालिकामा ज्वरो समेत देखिने गरेको छ।
दिल्लीको कलावती सारन अस्पतालमा करिब ६ जना बालबालिकामा यो रोगका लक्षण देखिएको बताइएको छ। उनीहरु सबै कोरोना भाइरसबाट संक्रमित रहेका छन्।
हाल उक्त लक्षणबारे अनुसन्धान भइरहेको छ।











