नेपालगन्ज : नेपालगन्जमा कोरा च्यालेन्जको आयोजना गरिएको छ । कोरोना कहरका विच विल्कुलै फरक शैलीबाट आयोजना गरिएको कोरालाई कुनै औपचारिक कार्यक्रम नगरेरै सम्पन्न गरिएको छ ।
आज कोरा च्यालेन्जमा नेपालगन्जका ८० जनाले सहभागिता जनाएका छन । कोरा च्यालेन्जमा ७ जना महिलाले पनि सहभागिता जनाएको नेपालगन्ज साइक्लिङ्ग क्लबका अध्यक्ष गगन थापाले बताए ।
यो पटकको कोरामा आफुले आफैंलाई च्यालेन्ज गर्दै जतिसक्दो कुँदाउने र आफ्नो मन परेको रुटमा कुद्ने योजना अनुरुप विभिन्न रुट बनाएर बाँके र बर्दियाका विभिन्न स्थानमा घुम्न पुगेको साइकल अभियन्ता सतिश निरौलाले जानकारी दिनुभयो ।
यसपालीको नेपालगन्ज कोरा ऐतिहासिक भएको कोरा च्यालेन्जमा सहभागि खजुराका विज्ञान कक्षपतिले बताए ।












