काठमाडौं । गएराति एफए कप अन्तर्गत भएको खेलमा आर्सनलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा आर्सनलले म्यानचेस्टर सिटीलाई २–० गोलले पराजित गर्दै फाइनलमा प्रबेश गरेको हो ।
उक्त खेलमा आर्सनलका लागि गाबोनका स्ट्राइकर पिएरे एमरिक औबामायङ्गले दुई गोल गरे । उनले पहिलो हाफमा एक गोल गरे भने दोस्रो हाफमा अर्को एक गोल गरे । जितसँगै आर्सनल फाईनलमा प्रवेश गरेको छ । अब उपाधिका लागि चेल्सी र म्यान्चेस्टर युनाईटेडबिच जसले जित्छ, यसैसँग खेल्नेछ ।











