नेपालगन्ज :

नेपालगन्ज उपमहानगरपालिकाले पृथ्वीजयन्तीको दिन बिदा नदिने निर्णय गरेको छ ।
हिजो ठकुरी सहयोग संजाल बाँके र प्रदेश समितिका पदाधिकारीले बिदा दिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाए पनि , आज बसेको बोर्ड बैठकले बिदा नदिने निर्णय गरेको छ ।
बिदा दिनको लागि प्रमुख धवल शमशेर राणाले बोर्ड बैठकमा प्रस्ताव पेश गरे पनि सर्वसम्मत हुन नसकेपछि बिदाको कुरा टरेको हो ।









