नेपालगन्ज : बाँके जिल्ला कोरोना संक्रमणको हिसाबले उच्च जोखिममा रहेको जिल्ला हो । बाँकेका आठ स्थानिय तह मध्य नरैनापुर, नेपालगन्ज, जानकी र खजुरा एक पछि अर्को गर्दै कोरोनाको हटस्पटको रुपमा परिणत भयो भने कोहलपुर, राप्तिसोनारी, डुडुवा र बैजनाथ समेत कोरोनाबाट अछुतो रहेनन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको ६ गते सम्मको अकडा हेर्दा बाँके जिल्लामा ३९० कोरोना संक्रमणबाट बिरामी भएको देखिन्छ भने ३६८ जना निको भएर घर गैसकेका छन् । बाकेमा करिब ९५ प्रतिशत रिकभरी दर रहेको छ ।
त्यस्तै बाँकेमा कोरोना संक्रमण बाट २ जनाको मृत्यु भएको छ । उता जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जारी गरेको डाटा अनुसार बाँकेको तीन स्थानिय तथ नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा हाल कुनै पनि कोरोनाको केश देखा नपरेको जनाएको छ ।
हाल संक्रमित रहेकाहरु खजुरा गाउँपालिकाका ११ , नेपालगन्जका ३, राप्तिसोनारिका ३, कोहलपुरका २ र्क बैजनाथ गाउँपालिकाका १ रहेका छन् । उनिहरुको दुई वटा आइसोलेसन सेन्टरमा उपचार हुँदै छ ।











