प्रदेश युवा सम्मेलन सुरु, ‘सोच परिवर्तन गर्न सक्ने पागलपन युवामा हुन जरुरी छ’ -मन्त्री बराल

नेपालगन्ज :

प्रदेश युवा सम्मेलन

प्रदेश नं.५ को मुख्य शहर नेपालगन्जमा प्रदेश स्तरिय युवा सम्मेलन सुरु भएको छ ।

नेपाल युवा परिषद, नेपाल युवा परिषद प्रदेश नं. ५, नेपाल युवा परिषद जिल्ला शाखा बाँकेको आयोजनामा भएको सम्मेलनको उद्घाटन समाजिक विकास मन्त्रालय प्रदेश नं.५ का मन्त्री सामाजिक विकास मंन्त्री सुर्दशन वरालले गमलामा पानी हालेर रेका छन ।

सम्मेलनको उद्घाटन समारोलाई सम्बोधन गर्दे मन्त्री बरालले सम्मेलनले मार्ग निर्देश गरेका कुरालाई सरकारले सकरात्मक भइ युवा मैत्रि नितिका लागी कार्य गर्ने बताउनुभयो ।

मन्त्री बरालले अहिलेको युवाले समयलाई महत्व दिदै सकरात्मक सन्देश दिने काम गर्नपर्नेमा जोड दिए ।

मन्त्रि बरालले सोच परिवर्तन गर्न सक्ने पागलपन युवामा हुन जरुरी रहेको बताउदै केहि नयाँ काम गर्छु भन्ने नै युवा रहेको उल्लेख गरेका छन ।

युवा सम्मेलनका लागि प्रदेश नं.५ १२ वटै जिल्लाहरुबाट १५० बढी युवाहरुको सहभागिता रहेको नेपाल युवा परिषद प्रदेश नं.५ का संयोजक सोम गुरुङ्गले जानकारी दिए ।

नेपाल भमर्ण बर्ष २०२०, जलवायु परिवर्तन तथा युवा नेतृत्वका बारेमा परिषदले २ दिन सम्म युवाहरुलाई प्रशिक्षण दिने नेपाल युवा परिषद प्रदेश नं.५ का संयोजक गुरुङ्गले जानकारी दिए ।

युवाहरुलाई नेतृत्व क्षमता विकासमा सहज होस भन्ने मुख्य उद्धेश्यका साथ प्रदेश स्तरीय युवा सम्मेलनको आयोजना गरिएको कार्यक्रमको उद्घाटन समारोहमा ५ नम्बर प्रदेश सभा सदस्य कृष्णा केसी ‘नमुना’, नेपालगन्ज उपमाहनगरपालिकाका मेयर डा.धवल सम्सेर राणा, प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, बाँके प्रहरी प्रमुख एसपि विर बहादुर वलि, बैजानाथ गाउँपालिकाका उपाध्यक्ष शारदा रेग्मी विक, नेपालगन्ज उद्योग बाणिज्य सघंका अध्यक्ष नन्दलाल बैश्य, गैर सरकारी सस्था महासघं बाँकेका अध्यक्ष नमस्कार शाह लगाएतले सम्मेलनको सफलताको शुभकामना दिएका थिए । सम्मेलन भोलि सम्म चल्ने छ ।

प्रतिक्रिया