बाँकेको नरैनापुरमा बाख्रा स्मार्ट गाउँ

खगेन्द्र दाहाल, नेपालगन्ज

बाँकेको नरैनापुर गाउँपालिका अन्य पालिका भन्दा विकट भनेर चिनिदै आएको पालिका हो । अहिले नरैनापुर वडा नम्बर ६ कोहोला गाउँमा बाख्रा स्मार्ट गाउँ स्थापना भएपछि त्यहाका किसानहरु व्यवसायिक बाख्रा पालन तर्फ आर्कषित भएका छन ।

नरैनापुरको वडा नम्बर ६ का किसानहरु बाख्रा पालन गररै आफ्नो जिवन सुखमय बनाउन लागेका छन । पहिले थोरै मात्रामा बाख्रा पाल्नेहरु पनि स्मार्ट गाउँ संग जोडिएर खोर भरी बाख्रा पाल्ने भएका छन । यसले नरैनापुरको सम्वृद्धीलाई जोड्दै लगेको छ ।

कोहोला गाउँ अब कोहोला बाख्रा स्मार्ट गाउँको नाउले चिनिदै छ । कोहोला बाख्रा स्मार्ट गाउँमा ५० घर परिवारले अहिले व्यवसायिक रुपमै बाख्रा पालिरहेका छन । हरेक घरका किसानले १२ देखि ५० वटा सम्म बाख्रा पालेको कोहोला बाख्रा स्मार्ट गाउँका संयोजक सविर खाँनले जानकारी दिनुभयो ।

बाख्रा पालन व्यवसाय बाट आर्थिक सम्वृद्धि ल्याउने योजना रहेको संयोजक खाँनले बताउनुभएको छ । कोलाहा बाख्रा स्मार्ट गाउँलाई साचिकै स्मार्ट गराउन जलवायु स्मार्ट, प्रविधि स्मार्ट, पोषण स्मार्ट, सिचाई स्मार्ट, बजार स्मार्ट र अन्तरसम्बन्धित स्मार्ट लाई विषेस ध्यान दिएर काम भैरहेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका प्रमुख कमला अधिकारीले बताउनु भयो ।

बाख्रा स्मार्ट गाउँमा कुल सङख्या हेर्नेहो भने ५ सय बढि बाख्रा पालन गरिएको छ । बाख्रा स्मार्ट गाउँका लागी प्रदेश सरकारले शुरुको वर्षमा ८० प्रतिशत लगानि ( ५० लाख ) गरेको छ भने २० प्रतिशत स्थानिय तह वा सम्बन्धित किसानहरुले नै गरेका छन ।

स्मार्ट गाउँका लागी दोश्रो वर्षबाट प्रदेश सरकारले २५ प्रतिशत सहयोग घटाउदै लैजाने र ४ वर्षमा समुदाय कार्यक्रम सम्पन्न गरेर स्थानिय सरकार तथा सम्बन्धितहरुलाई हस्तान्तरण गर्ने पशु सेवा विज्ञ केन्द्र बाट बाख्रा स्मार्ट गाउँको जिम्मेवारी निर्वाह बहन गर्नुभएका भोजराज रावलले बताउनुभयो ।

बाख्रा स्मार्ट गाउँ स्थापना भएपछि बाख्रालाई सुरक्षित राख्न नयाँ खोर निर्माण गरिएका छन । बाख्रालाई चाहिने उन्नत जातको बोका, उन्नत घाँस, आवश्यक पर्ने औषधि लगाएतको व्यवस्थापन गरिएको छ ।

हरेक मंगलबार बाख्रा विक्रिको लागी बजार लगाउने, बाख्राको मलबाट व्यवसायिक तरकारी खेती गर्ने योजना रहेको कोहोला बाख्रा स्मार्ट गाउँका संयोजक खाँनले बताउनुभयो । बाख्रा पालनलाई उदाहरणिय बनाउन कोहोलाका किसानहरु गम्भिर रहेको संयोजक खाँनले बताउनुभयो ।

बाख्रा स्मार्ट गाउँ कार्यक्रम सुरु हुनुभन्दा अघि बाख्रालाई त्यति हेरचाह नगर्नेहरुले अहिले बाख्राको सुरक्षा, खानपिन तथा औषधि उपचारका लागी पनि सक्रिय भएर लागेको पाइन्छ ।


प्रतिक्रिया