काठमाडौँ। चीनसँगको विवादका बाबजुद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अन्य देशहरूसँग मिलेर कोरोनाभाइरसविरुद्धको खोपको विकासका लागि काम गर्न तयार रहेको बताएका छन् । ट्रम्पले यदि जो कोहीले खोपको राम्रो नतिजा दिन सक्छ भने अमेरिका उक्त देशहरुसँग मिलेर काम गर्ने बताएका छन्।
ट्रम्प प्रशासनको उक्त वक्तव्य, अमेरिकाले के खोपको विकासका लागि चीनसँग काम गर्न सक्छ भन्ने प्रश्नमा आएको हो। यस प्रश्नलाई उत्तर दिंदै ट्रम्पले खोपको प्रभावकारिता हेरर जोसँग पनि काम गर्ने तथा सहयोग लिने जानकारी दिएका हुन्। ट्रम्पको उक्त बयान एक अन्वेषकले चीनले तयार गरेको कोरोना खोप क्यानसिनो बायोलजिक्स इंक (६१८५ एचके) सुरक्षित रहेको र यसमा प्रतिरोधात्मक क्षमता बढाउने विशेषता रहेको रिपोर्ट गरेपछि आएको हो।
क्यानसिनो खोपको मानवीय परीक्षणहरूले राम्रो नतिजा देखाएको छ। यसैगरी, अमेरिकामा रहेको मोडर्ना इण्डस्ट्री र जर्मनीको बायोटेक एसईले पनि भ्याक्सिनको मानव परीक्षण गरिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिलो समय चीनलाई कोरोनाभाइरस फैलाएको भन्दै आरोप लगाएका छन्।











