काठमाडौं – भारतकै चर्चित रियालीटी सो ‘बिग बोस सिजन १४’ अब सञ्चालनमा आउने भएको छ । कोरोनाभाइरसको संक्रमणबो त्रासबीच ‘बिग बोस सिजन १४’ सञ्चालन हुने भएको हो ।
यस शो सामाजिक दुरी कायम गरी सञ्चालन गर्न लागिएको बिग बोसका निर्माताले बताएका छन् । उनले यस शोमा दुई नयाँ नियम बनाएका छन् । उनले शो को आधा नियम नै परिवर्तन गरेको भारतिय मिडियामा जनाइएको छ ।
पहिलाको सिजनमा प्रतियोगीहरुले हरेक हप्ता भुक्तानी लिन्थे भने यो सिजनमा भने बजेट सिमित रहेकाले हरेक हप्ता प्रतियोगीलाई भुक्तानी नदिने भएको छ । कार्यक्रमको पूर्व नियोजित बजेट अनुसार भुक्तानी गर्ने बताइएको छ ।
त्यस्तै कोरोनालाई ध्यानमा राख्दै यदि कोही प्रतियोगीलाई १०० डिग्री भन्दा बढी ज्वरो आएमा प्रतियोगिताबाट तुरुन्त निकालिने बताइएको छ । यस शोको होष्ट भने सलमान खान नै हुने बताइएको छ ।









