
काठमाडौं – १३औँ संस्करणको दक्षिण एसियाली खेलकुद (साग)को समापन भब्य आयोजना सहित मंगलबार सकिएको छ । अन्तिम दिन मंगलबार नेपाल र भुटान बिचको फुटबल खेल संगै १३ औं सागको समापन भएको थियो । जसमा नेपालले २-१ को गोल अन्तरले भुटानमाथी रोमाञ्चक जित हासिल गरेको थियो भने सो जित संगै अन्तिम पदक तालिकामा नेपाल ५१ स्वर्ण , ६० रजत , ९५ कास्य सहित कुल ३१२ पदक जितेर दोस्रो स्थानमा रहेको छ भने १७४ स्वर्ण सहित ९३ रजत र ४५ कास्य गरि ३१२ कुल पदक जितेर पहिलो स्थान हासिल गरेको छ ।
श्रीलंकाले ४० स्वर्ण जित्दा, ८३ रजत तथा १२८ कास्य जित्यो। तेस्रो स्थानको श्रीलंकाले २५१ पदक हात पार्यो।
पाकिस्तान पदक तालिकाको चौथो स्थानमा छ। ३१ स्वर्ण जितेको पाकिस्तानले ४१ रजत तथा ५९ कास्य जित्यो।
पाँचौं स्थानको बंगलादेशले १९ स्वर्ण, ३२ रजत तथा ८७ कास्य जित्यो।
छैठौं स्थानको माल्दिभ्सले १ स्वर्ण जित्दा शुन्य रजत तथा ४ कास्य हात पार्यो।
सातौं तथा अन्तिम स्थानको भुटानले शुन्य स्वर्ण, ७ रजत तथा १२ कास्य हात पार्न सफल भयो।









