डुडुवा स्मार्ट कृषि गाउँ दुध उत्पादनमा बाँकेमै अघि


खगेन्द्र दाहाल, नेपालगन्ज
बाँकेको डुडुवा गाउँपालिकामा स्थापना गरिएको डुडुवा स्मार्ट कृषि गाउँमा दुध उत्पादन बढेको छ । डुडुवा स्मार्ट कृषि गाउँमा ७ सय ५० बढि भैसी पालन गरिएका छन । गत वर्ष स्थापना भएको स्मार्ट कृषि गाउँ डुडुवा गाउँपालिका वडा नम्बर ३ बनकट्टीमा शुरुमा ५ सय भैसी पालन गरिनेमा अहिले बढेका हुन ।

दिनहुँ ८ देखि १० क्विइटल दुध उत्पादन हुने गरेको स्मार्ट कृषि गाउँका संयोजक जाहिर खाँले बताउनुभयो । पहिलो वर्ष डुडुवा स्मार्ट कृषि गाउँका लागी प्रदेश सरकारले ५० लाख अनुदान स्वरुप दिएको थियो । दोश्रो वर्षमा ३६ लाख जति प्रदेश सरकारले विभिन्न शिर्षकमा पठाएको छ र सोहि अनुसार स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यन्यन इकाई समितिले खर्च गरेको जनाएको छ । डुडुवामा रहेको स्मार्ट गाउँ कृषि तथा पशु पालनका लागी महत्वपुर्ण मानिन्छ ।

कृषितिर ७४ जना किसान र पशुपालन तर्फ ४९ जना किसानहरु लाभान्भित भएको डुडुवा स्मार्ट कृषि गाउँका संयोजक खाँले बताउनुभयो । स्मार्ट कृषि गाउँ स्थापना भए लगतै पहिलो वर्ष ३५ जना किसानहरुलाई सिचाई मोटर वितरण गरेको थियो । त्यस्तै पहिलो वर्ष नै ७ वटा पम्पसेट, १० वटा बोरिङ्ग, खेत सम्याउने मेसिन, धान र गहुँ काट्ने मेसिन, धान दाउनलाई थ्रेसर, जोत्नलाई रोटाभेटर, कल्टीभेटर, मिनि टिलर, स्प्रे टंकी लगाएतका सामाग्री वितरण गरेर प्रयोगमा ल्याएका छन ।

समितिले किसानलाई विउमा ८५ प्रतिशत अनुदान दिएर उन्नत जातका धान, गहुँ उत्पादनमा समेत वृद्धि भएको संयोजक खाँले जनाउनुभयो । स्मार्ट कृषि गाउँकै कारण काँके जिल्लामै सबैभन्दा बढि दुध उत्पादन हुने स्थानको रुपमा डुडुवा गाउँपालिकाको वडा नम्बर ३ भएको छ । आज विहिबार डुडुवा स्मार्ट कृषि गाउँमा आवद्ध किसानहरुलाई च्याप कटर, सिचाँई मोटर, डि फ्रिज लगाएतका सामाग्री वितरण गरिएको स्मार्ट कृषि गाउँको जिम्मेवारी पाउनुभएका भेटेरिनरि अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र बाँकेका पशु विकास अधिकृत भोजराज रावलले जानकारी दिनुभयो ।

पुर्व मन्त्रि समेत रहेका संघिय सांसद इस्तियाक राई र प्रदेश नम्बर ५ का सांसद विजय यादवले किसानहरुलाई प्राप्त सामाग्री हस्तान्तरण गर्नुभएको थियो । स्मार्ट कृषि गाउँमा डुडुवाका अरु ११ सय किसानहरुलाई समेट्न नसकिएको भन्दै पहल गरिदिन किसानहरुले आग्रह गरेका थिए ।


प्रतिक्रिया