ज्योति बिकास बैंकले मनायो १२ औं वार्षिकोत्सव

नेपालगन्ज : ज्योति बिकास बैंकले आफ्नो १२ औं वार्षिक उत्सब मनाएको छ । बिगत लामो समय देखी नेपालगन्ज र नेपालगन्ज आसपासका जनतालाई बैकिंङ सेवा प्रदान गर्दै आएको बैंकले आज आफ्नो १२ औं बार्षिक उत्सब मनाएको हो ।

बैंकको १२ औं वार्षिक उत्सब समारोहमा ज्योति बिकास बैंक नेपालगन्ज शाखाका सम्पुर्ण कर्मचारी, सेवाग्राही, समाजसेवी, ब्यापारी तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

बैंकको वार्षिक उत्सब समारोहको अवसरमा ज्योति बिकाश बैंक लि. ले समारी, बाग्लुंग, बेनी र फुतुंगमा डिजिटल उद्घाटन गरि आफ्नो शाखा संजाल विस्तार समेत गरेको छ ।

हाल बैंकले मुद्दती खाता मा ९ प्रतिशत मासिक ब्याज तथा बचत खातामा ६ प्रतिशत ब्याज दिदै आएको बैंकका शाखा प्रमुख रिस बहादुर थापाले जानकारी दिएका छन् ।

बैंकको एटीएम कार्डले भिसा नेटवर्कको जुनसुकै बुथबाट रकम निकाल्न सकिने एवं मोबाइल बैंकिङ सेवामा नै कनेक्ट आइपिएस सेवा रहेकोले घरैबाट नगद रहित कारोवार गर्न सकिने र शेयर कारोबार गर्न को लागि DMAT खाता समेत खोल्न सकिने शाखाका अप्रेसन इन्चार्ज सुशीला शर्माले बताएकि छन् ।


प्रतिक्रिया