विश्वभर कोरोनाबाट ६ लाख ४८ हजारबढीको मृत्यु ,संक्रमितको संख्या करिब १ करोड ६२ लाख

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ६१ लाख ९८ हजार ७८१ पुगेको छ । यस्तै कोरोनाबाट ६ लाख ४८ हजार ३९९ जनाको मृत्यु भएको छ ।  

संक्रमितमध्ये ९९ लाख १२ हजार २९८ संक्रमितले यस भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज भएको तथ्यांक संकलक वल्र्डवमिटरडटकमले जनाएको छ । निको र मृत्यु हुनेबाहेक अहिले सक्रिय संक्रमितको संख्या ५६ लाख ३८ हजार ८४ रहेको छ । तीमध्ये ६६ हजार २ सय ३ जना गम्भीर बिरामी रहेका छन् ।

कोरोनाभाइरसबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । त्यहाँ कोरोना संक्रमितको संख्या ४३ लाख १५ हजार ७०९ पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख ४९ हजार ३९८ पुगेको छ । २० लाख ६१ हजार ६९२ जना निको भएर घर फर्केका छन् भने १८ हजार ९८४ जना गम्भिर अवस्थामा रहेका छन् ।

अमेरिका पछि सबैभन्दा बढी ब्राजिलमा कोरोना भाइरस फैलिएको छ । त्यहाँ संक्रमितको संख्या २३ लाख ९६ हजार ४३४ सय पुगेका छ भने मृत्यु हुनेको संख्या ८६ हजार ४९६ रहेको छ ।

प्रतिक्रिया