काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेताहरूलाई बालुवाटार निमन्त्रणा गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सागमा स्वर्ण, रजत र कास्य पदक विजेता नेपाली खेलाडीहरुलाई बधाई दिन प्रधानमन्त्री ओलीले बालुवाटारमा आमन्त्रण गरेका हुन् ।
पदक जितेर खेलाडीहरुले देशको प्रतिष्ठा र गौरव बढाएकाले उनीहरुको सम्मानमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । ओलीले सम्बोधनको क्रममा खेलाडीका लागि विशेष प्याकेजको घोषणा गर्ने समेत जनाइको छ ।
प्रधानमन्त्रीको सम्बोधनको समय दिउँसो सवा २ बजेलाई तोकिएको छ। मंगलबार साग समापन समारोहलाई भिडियो सम्बोधन गर्दै प्रधानमन्त्रीले सम्बद्ध सबैलाई धन्यवाद दिएका थिए।









