जनता दुग्ध उत्पादक सहकारीद्धारा ४ सय किसानलाई राहत

नेपालगन्ज : बाँकेको खजुरामा रहेको जनता दुग्ध उत्पादक सहकारी सस्थाले आफ्ना किसान सदस्यहरुलाई राहत स्वरुप अनुदान रकम प्रदान गरेको छ । प्रदेश नम्बर ५, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, पशुपक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवल रुपन्देहिले दुग्ध उत्पादक किसानहरुका लागी उपलव्ध गराएको उक्त अनुदान सस्थाले एक कार्यक्रमका विच वितरण गरेको हो ।

दुग्ध उत्पादन कृषकलाई संसारभर महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) को कारण देशभर लागु भएको लकडाउन बाट दुग्द्य उत्पादन गर्ने किसानहरुलाई प्रतिकुल असर परेको हुदाँ ५ नम्बर प्रदेश सरकारबाट दुग्ध उत्पादक किसानलाई राहत अनुदान कार्यक्रममा खजुराको जनता दुग्ध उत्पादक सहकारी सस्था छनोट भएको थियो ।

छनोट भए बमोजिम आर्थिक वर्ष २०६७÷०७७ मा कारोबार गरेका करिव ४ सय किसानलाई खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिको उपस्थितीमा सस्थासगं आवद्ध किसानलाई ४० दिन बराबरको औषध दुग्ध परिमाणलाई प्रतिलिटर रु १० का दरले बैंक खाता मार्फत वितरण गरिएको छ ।

साथै बैंक खाता नभएका किसानलाई अकाउण्टपेइ चेक काटि बैंकका कर्मचारीलाई सहकारीमा बोलाएर किसानको खाता खुलाइएको सस्थाका व्यवस्थापक गौरब सापकोटाले जानकारी दिनुभयो ।

केहि नाबालकको नाउँमा सस्थामा कारोबार भएको र बैंक खाता समेत नभएकालाई सम्बन्धित वडा कार्यालयको सिफारिसमा उक्त किसानको अभिभावकको खातामा रकम जम्मा गरिदिएको सस्थाका व्यवस्थापक गौरब सापकोटाले जानकारी दिनुभयो ।


प्रतिक्रिया