समुदाय स्तरमा कोरोना फैलिदै गर्दा जानकीले बनायो क्वारेन्टाइन

भोलि बैजनाथले स्थापना गर्ने


नेपालगन्ज : बाँकेमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको बताउदै गर्दा बाँकेको जानकी गाउँपालिकाले पुनः क्वारेन्टाइन निर्माण गरेको छ ।

एकै चोटो जानकी गाउँपालिका वडा नम्बर एकमा रहेको क्वारेन्टाइनका ४१ जनामा कोरोना संक्रमण देखिएको जानकिमा त्यसपछि भने संक्रमित फेला परेका छैनन् ।

४१ जना सबै संक्रमित घर गैसकेको अवस्थामा जानकी मात्रै होइन बाँकेका सबै जसो स्थानिय तहको क्वारेन्टाइन रित्तिएका थिए । केही दिन यता र्‍यान्डमली कोरोना चेकजाँच गर्दा बाँकेमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको पुष्टि भए पछि जानकी गाउँपालिकाले त्यसको तयारी स्वरुप क्वारेन्टाइन निर्माण गरेको बताउछन् जानकी गाउँपालिका स्वास्थ शाखाका प्रमुख दल बहादुर राना ।

कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको आशंका गर्दै गर्दा हामिले आजै १५ बेडको क्वारेन्टाइन पुनः स्थापन गरेका छौं ।

नेपाल राष्ट्रिय प्राथमिक विद्यालय मानपुरमा पुनः क्वारेन्टाइन स्थापना गरिएको बताउदै प्रमुख रानाले जानकी गाउँपालिका कोरोना संग लड्न तयारी अवस्थामा रहेको बताएका छन् – ‘हामी कोरोना संग लड्न तयारी अवस्थामा छौं, कोरोना समुदाय स्तरमा गएको लक्षण देखा परेको भए पजि हामी त्यसका लागि तायर छौँ’,

त्यस्तै बाकेकै बैजनाथ गाउँपालिकाले समेत कोरोना समुदाय स्तरमा फैलिएको कुरा आए संगै पुनः क्वारेन्टाइन स्थापना गर्ने तयारी थालेको छ । बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख लक्ष्मन राज शाहिले बताएका छन् । उनका अनुसार बैजनाथमा सम्भवत भोलि नै क्वारेन्टाइन निर्माण गरिने छ ।


प्रतिक्रिया