गेरुवाको तिनघरुवा स्मार्ट कृषि गाउँमा पशु स्वास्थ्य शिविर

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर ४ मा रहेको तिनघरुवा स्मार्ट बाख्रा पालन कृषि गाउँमा मंगलबार निशुल्क पशु स्वास्थ शिविर सन्चालन गरिएको छ । स्मार्ट कृषि गाउँका सम्पुर्ण किसानहरुका बाख्रालाई लक्षित गर्दै आयोजना गरिएको पशु स्वास्थ्य शिविरको उद्घाटन भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारीले विरामी बाख्रालाई औषधि खुवाएर गर्नुभयो ।

शिविरमा मंगलबार बाख्रा पालन स्मार्ट कृषि गाउँका २ सय ५० बढि खसि, बोका, बाख्रा तथा पाठा पाठीलाई औषधि उपचार गरिएको स्मार्ट कृषि गाउँका अध्यक्ष कालुराम थारुले जानकारी दिनुभयो ।

२, ३ वटा सम्म बाख्रा पालन गर्ने तिनघरुवाका किसानहरु स्मार्ट कृषि गाउँ (बाख्रा पालन कार्यक्रम) स्थापना भएपछि हरेकको घरमा व्यवस्थित खोर निर्माण गरि १० देखि ५० वटा सम्म बाख्रा पालन गरेका स्मार्ट कृषि गाउँको जिम्मेवारी पाउनुभएका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका पशु विकास अधिकृत भोज बहादुर रावलले जानकारी दिनुभयो । शिविर स्मार्ट कृषि गाउँ (बाख्रा पालन कार्यक्रम) संचालन समितिले आयोजना गरेको हो ।


प्रतिक्रिया