ओमानका सुल्तान काबुसको निधन

एजेन्सी :

ओमानका सुल्तान काबुसको निधन, तीन दिनभित्र नयाँ नेतृत्व चयन

ओमनका सुल्तान काबुसको निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका सुल्तानको उपचारका क्रममा निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि गत महिना उपचाका लािग बेल्जियम लगिएको थियो ।

७९ वर्षीय सुल्तानको सन् २०१५ मा जर्मनीमा उपचार गरिएपछि क्यान्सर रोगबाट पीडित भएको समाचार सार्वजनिक भएको थियो ।

अविवाहित भएकाले सुल्तान काबुसले आफ्ना उत्तराधिकारी नियुक्ति नगरेको समाचारमा जनाइएको छ ।

सुल्तानको आधारभूत विधान अनुसार सिंहासन खाली भएको तीन दिनभित्र शाही परिवारका पुरुष सदस्यहरुबट नयाँ नेतृत्व चयन गरिने बताइएको छ ।

पाँच दशक भन्दा लामो समय शासन गरेका सुल्तान काबुसले सुधारवादी नेताको छवी बनाएका थिए ।

प्रतिक्रिया