कुवेतले नेपालसहित २० मुलुकका लागि आफ्नो एयरपोर्ट खुल्ला गरेको छ । मंगलबार कुवेतको नागरिक उडड्यानका महानिर्देशक अब्बदुल अल राजीले अगस्ट १ देखि २० मुलुकका लागि अन्तर्राष्ट्रिय उडान खुल्ला गरिएको जनाएका हुन् ।
कुवेतले नेपालसहित यूएई, बहराइन, ओमान, लेबनान, कतार, जोर्डन, इजिप्ट, बोस्निया एन्ड हर्जगोभिना, श्रीलंका, पाकिस्तान, इथोपियालाई अन्तर्राष्ट्रिय उडानका लागि एयरपोर्ट खुल्ला गरेको हो ।
यस्तै वेलायत, टर्की, इरान, स्विजरल्याण्ड, जर्मनी, अजरबैजन, फिलिपिन्स र भारतलाई पनि उडान खुल्ला गरेको छ । यात्रुहरुले स्वास्थ्यसम्बन्धि मापदण्ड अनिवार्य पुरा गर्नुपर्ने पनि महानिर्देशक राजीले बताएका छन् ।











