जनप्रतिनिधिको सुविधा कटौति गरि सामाजिक सुरक्षा वितरण गर्न वडाध्यक्ष सुनारको माग


खजुरा : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर चारका अध्यक्ष तिलकविर सुनारले जनप्रतिनिधिहरुको सेवा सुविधा कटौति गरेर सामाजिक सुरक्षा वितरण गर्नुपर्ने बताएका छन ।

वडा कार्यालयमा एक छलफलको आयोजना गरी वडाध्यक्ष सुनारले पालिकाका जनतालाई दिनुपर्ने सबै किसिमका सामाजिक शुरक्षा भत्ता समयमै उपलव्ध गराउन माग गरेका हुन । संघिय सरकारबाट ६० वर्ष उमेर नपुगेका एकल महिला र ख वर्गका अति अशक्त अपाङ्गता भएका लाभग्राहीलाई प्रर्णालीमा इन्ट्री तथा नविकरणको व्यवस्था नगरिएको सूचना प्राप्त भएपनि वडा अध्यक्ष सुनारले सामाजिक सुरक्षाभत्ता विगतदेखि प्राप्त गर्दै आएका सबैलाई सोहि अनुसार नै निरन्तरता दिनुपर्ने माग गरेका थिए ।

वडा सचिव सुरेश खड्काले संघीय सरकारको निर्देशन अनुसार ६० वर्ष पुरा नभएका एकल महिला र ख वर्गका अति अशक्त अपांगता भएका लाभग्राहीको चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता प्राप्तीका लागि नविकरण नगरिएको जानकारी दिएका छन । सरकारको निर्णयपछि हजारौं ब्यक्तिहरु सरकारप्रति निराश भएका छन् । उनीहरुले तत्काल निर्णयमा पुनविचार गर्न माग गरेका छन् ।

वडाध्यक्ष सुनारले यस अघि खजुरा गाउँपालिकाको सातौ गाउँ सभामा पनि जनप्रतिनिधि र कर्मचारीको भत्ता कटौति गरी जनताको सेवामा खर्चन माग सहितको सुझाव दिएका थिए ।


प्रतिक्रिया