नेपालगञ्ज : नेपालगञ्जको कारकादौंमा रहेको भाटभटेनी सुपर मार्केटको फोहोर निषेधित क्षेत्रमा फालेको भन्दै नेपालगञ्ज उप–महानगरपालिकाले जरिवाना तिराइएको छ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २० ले २० हजार रुपैयाको जरिवाना समेत गराएको छ ।
वडा अध्यक्ष कृष्ण कार्कीले डुडुवा खोलामा बगाउन लगिएको अवस्थामा राझाचोकमा २ वटा रिक्सामा रहेको फोहोर नियन्त्रणमा लिइएको बताउनुभयो ।
फोहोर ल्याण्डफिलसाईटमा पठाएर, रिक्सा छोडिएको वडा अध्यक्ष कार्कीले बताउनुभयो । वडाभित्र फोहोर गर्ने जुनसुकै भएपनि कारवाही गरिने कार्कीले बताउनुभयो ।












