हिउँले सजिएको रारा (फोटोकथा)

मुगु :

राराताल नेपालको कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो तथा प्रसिद्ध ताल हो ।

प्रसिद्ध रारा ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित रहेको छ ।

जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ ।

१०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर छ ।

प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् ।

यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । नेपाल भ्रमण बर्ष २०२० को रुपमा लिइरहदा हिउँले सजिएको रारा तालको तस्वीरले नयाँ रौनकता थपेको छ ।

हेर्नुस् हिउँले सजिएको राराताल :
तस्वीर : नन्द बहादुर बुढा

हिउँले सजिएको राराताल (फोटोकथा)
हिउँले सजिएको राराताल (फोटोकथा)
हिउँले सजिएको राराताल (फोटोकथा)
हिउँले सजिएको राराताल (फोटोकथा)
हिउँले सजिएको राराताल (फोटोकथा)

प्रतिक्रिया