आइतबारदेखी नै लकडाउन किन ? के आइतबारसम्म कोरोना सर्दैन ?

रामु ओली , नेपालगन्ज : बाँके जिल्ला प्रशासनले आइतबार देखी तीन दिनका लागी निषेधाज्ञा जारी गरेको छ । बाँकेमा पनि कोरोना संक्रमण समुदाय स्तरमा देखा परेको र आज २७ जना कोरोना पोजेटिभ केस आए संगै जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबारदेखि लकडाउन गर्ने निर्णय गरेको छ ।

जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आपतकालिन बैठकले आइतबार देखि ३ दिन सम्म बाँके जिल्लाभर पुर्णरूपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

आइतबार आउन अझै तीन दिन बाँकी रहेको छ । कोरोना संक्रमणको खतरा उच्च रहेको र समुदाय स्तरमा फैलिएको जानकारी र सुचना प्राप्त गरेको बाँके प्रशासनले लकडाउनको घोषणा तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने विभिन्न ब्यक्तिहरुले बताउदै आएको बेला बाँके प्रशासनले लकडाउन तीन दिन पछाडी ( आइतबार ) देखि गर्ने निर्णय गरेको छ ।

बाँके प्रशासनको लकडाउनको निर्णय स्वागतयोग्य भए पनि लकडाउन तत्काल कार्यान्वयन गर्नुपर्ने नेपालगन्ज १० का मन बहादुर थापाले बताए । लकडाउन गर्नै पर्ने थियो , बाँके प्रशासनले ठिक निर्णय गरेको हो तर के आइतबार सम्म चाहिँ कोरोना सर्दैन रे ? लकडाउन तत्काल कार्यान्वयनमा ल्याउनु पर्थ्यो । उनले बताए ।

त्यस्तै सामाजिक संजाल प्रयोगकर्ता महेन्द्र शाहिले लकडाउन गर्नु नै छ भने भोलि देखि गर्नु पर्छ , कुनै धर्म विशेषको चाडपर्वको लागी आइतबारदेखि लकडाउन गर्ने निर्णय गलत भएको बताएका छन् ।

मुस्लिम धर्मावलम्बीको चाडलाई मध्यनजर गर्दै आइतबारदेखि लकडाउन गर्ने र आइतबार सम्म सावधानी अपनाउने प्रजिअको कोड सहितको एक अन्लाईनमा प्रकाशीत समाचारलाई औल्याउँदै शर्माले भनेका छन् – लकडाउन गर्ने नै हो भने भोलि देखि गर्ने, हैन भने मंगलबार देखि गर्नु पर्छ ‘ आधिकांश सामाजिक संजाल प्रयोगकर्ता तथा स्थानियका अनुसार बाँके प्रशासनले लकडाउन तुरुन्तै लागू गर्नु पर्ने धारणा राखेका छन ।

कोरोनाले आइतबार सम्म पक्कै कुर्दैन त्यसैले तत्काल लकडाउन गर्नु पर्छ खजुरा तिनका दिनेश थापाले बताए ।


प्रतिक्रिया