गोरिल्लाको हत्या आरोपमा ११ वर्ष जेल सजाय

युगान्डाको राष्ट्रिय पार्कमा लोकप्रिय हिमाली गोरिल्लाको हत्यागरेपछि एक व्यक्तिलाई ११ बर्ष जेल सजाय भएको छ। जेल सजाय पाएका व्यक्ति हुन् फेलिक्स ब्यामुकामा । युगान्डाको राष्ट्रिय निकुञ्जका वन्यजन्तु हत्या तथा ओसारपसारमा संलग्न भएको आरोपमा उनलाई ११ वर्षको जेल सजाय तोकिएको हो ।

समाचार माध्यम स्काई न्युजकाअनुसार गत जुन १ मा हराएको रफिकी नाम गरेको एक गोरिल्ला भोलिपल्ट मृत अवस्थामा भेटिएको थियो। अपराध गरेको दुई दिनपछि ब्यामुकामालाई घरेलु हतियारसहित सहित पक्राउ गरिएको युगान्डा वन्यजीव प्राधिकरणले बताएको छ।

यद्यपि, सार्वजनिक स्वास्थ्य गैरसरकारी संस्था मार्फत संरक्षण प्रमुख कार्यकारी डा. ग्लेडिस कालेमा जिकुसोकाकाअनुसार हत्या भुलवस भएको थियो। उनी भन्छिन्, ’आरोपी डराएको हुन सक्छ, किनभने उसले कहिल्यैपनि गोरिल्लालाई त्यति नजिकबाट नदेखेको हुन सक्छ। रह्यो कुरा रफिकी गोरिल्लाको, जनवारलाई को मान्छे असल र को खराब बीचको भिन्नता थाहा हुँदैन।

यसकारण, सायद आरोपीले गोरिल्लामाथि भाला चलाए। मलाई लाग्दैन कि रफिकीले उ माथि आक्रमण गरेको भन्ने, यद्यपि दोषी भन्छन् आत्मरक्षामा मैले भाला चलाएँ र उसको मृत्युभयो।’ माउन्टेन गोरिल्लाहरु लोपोन्मुख जनावरहरु हुन् । कंगो, युगान्डा र रुवाण्डाको संरक्षित क्षेत्रमा करिब १ हजार जति गोरिल्ला रहेका छन्।


प्रतिक्रिया