नेपालगंज : बाँकेको जानकी गाउँपालिकाले हाईमास्ट लाइट जडान गरेको छ। जानकी गाउँपालिकाले पालिकामै पहिलो हाईमास्ट लाइट वडा नम्बर ६ स्थित पिप्रहवा चोकमा जडान गरेको हो।
जानकी गाउँपालिकाले पालिका भरि ३ वटा अलग अलग वडामा हाईमास्ट लाइट जडान गर्न लागेको जानकी गाउँपालिका प्राबिधिक शाखाका प्रमुख इन्जिनियर निसार अहमदले जनाएका छन्।
जानकी गाउँ पालिकाले पालिकाको पिप्रहवा चोक, गुरुवा गाउँ र जोगा गाउँमा हाइमस्ट लाइट जडान गर्न लागेको छ। यता नेपालगंज र कोहलपुरले चोक चोकमा हाईमास्ट लाइट जडान गर्दै गरेको छ | बाँके जिल्लामा संभवत हाईमास्ट सर्वप्रथम नेपालगंज बिपी चोकमा जडान गरिएको थियो |









