नेपालगन्ज : कोरोना भाइरस समुदाय स्तरमा फैलिएपछि नेपालगन्जमा आइतबारदेखि पुनः लकडाउन जारी गरिएको छ। लकडाउनको दोश्रो दिन अर्थात रक्षा बन्धनको दिन आज नेपालगन्जमा लकडाउन जारी भएपनि प्राइभेट गाडी सन्चालन गर्न बाँके प्रशासनले आदेश दिएको छ।
रक्षा बन्धन भएकोले आज आवश्यक पर्ने चिजहरु मिठाई लगायत फलफूल किन्ने मानिसहरु बजारमा देखिन्थे। त्यसै अनुरुप आज रक्षा बन्धनको दिन नेपालगन्जमा मिठाइ पसल र फलफुल पसल खुल्ला थिए। अन्य व्यापार बन्द भएको अवस्थामा भने नेपालगन्जका विभिन्न स्थानहरूमा फलफूलको व्यापार राम्रै भइरहेको दृश्य देख्न सकिन्थ्यो। हेर्नुस् तस्वीर :















