फितलो लकडाउनले बाँकेमा कोरोना नियन्त्रणमा आउला ?

रामु ओली / नेपालगन्ज : कोरोना संक्रमणको उच्च जोखिम पछि १२० लामो लकडाउन अनि त्यसपछि खुलेको बाँकेमा पुनः लकडाउनको अवस्थामा छ ।

बाँके जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा पुगेको पत्तो पाए पछि आइतबार देखी जिल्ला प्रशासन कार्यालय बाँकेले तीन दिनका लागी पुर्ण लकडाउनको घोषणा गर्‍यो ।

चेकजाँचको दायरा फरकिलो पर्दै गर्दा बाँके जिल्लाका अधिकांश चहलपहल हुने कार्यालय कोरोनाको निसानामा परेको प्रष्ट देखिन्छ ।

आन्तरिक राजस्व कार्यालय, यातायात कार्यालय, जिल्ला अदालत हुँदै कोरोना सोमबार नेपालगन्जमा उपमहानगरपालिका प्रवेश गरेको छ ।

कार्यालयका कर्मचारी, जनप्रतिनिधि लगायतका ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि हुँदा माथी उल्लेखित कार्यालयर नेपालगन्जमा उपमहानगरपालिका सिल भएका छन् । उता आन्तरिक राजस्व कार्यालय त आइसोलेसन सेन्टरको रुपमा परिवर्तन गरिएको छ ।

भयावह रुपमा गैसकेको बाँके जिल्ला र नेपालगन्जको दैनिकी हेर्दा भने सामान्य लाग्छ । आइतबारदेखि तीन दिनका लागि लकडाउन घोषणा गरिएको छ तर लकडाउन एक को तुलनामा बाँकेको लकडाउन २ फितलो भएको गुनासो सुनिदै गएको छ ।

बिहीवार नै बाँकेको अवस्था थाहा पाएको प्रशासनले आइतबार देखि लकडाउन हुने घोषणा गर्नु नै पहिलो कमजोरी रहेको बताउछन् विद्यार्थी नेता तुल्सी मणि केसि ।

लकडाउनको एक दिन अगाडि र लकडाउनको दोस्रो दिन क्रमश मुस्लिम समुदाय र हिन्दु समुदायको पर्व रहेकाले पनि लकडाउनमा केही फितलो पन आएको स्वभाविक नै थियो तर महामारीको त्रास र त्यसले प्रभाव पार्ने मानविय र आर्थिक नोक्सानी केही संग तुलना गर्न सकसकिदैन , खजुरा गाउँपालिका वडा नम्बर २ का सुशील ठकुरी बताउछन् ।

देश मात्रै होईन , पूरा बिश्वजगत नै कोरोनाको कहरमा पिल्सिएको छ । कोरोनाकै कारण लाखौं मानिसले ज्यान गुमाएका छन् भने आकलन गर्नै नसकिने आर्थिक नोक्सान ब्यहोरी रहेको छ । यो समयमा जीवन बचाउनु नै पहिलो प्राथमिकता रहनु पर्नेमा पर्वको बहानामा लकडाउनमा कडाइ नगर्न्ज र जनस्तरबाट पनि त्यसको उलंघन गर्नु बाँकेका लागि घातक हुन सक्ने बाँकेका बुद्धिजीवीहरु बताउछन् ।

फितलो लकडाउन र सामान्य अवस्थामा जस्तो नेपालगन्ज बजार रहिरहने हो भने बाँकेको कोरोनाको अवस्था हामिले सोचेको भन्दा पजि भयावह हुने छ , जो नियन्त्रण भन्दा बाहिरको हुनेछ , नेपालगन्जका वरिष्ठ पत्रकार कमल न्यौपाने बताउछन् ।

प्रतिक्रिया