नेपाल टेलिकमले कम्पनीका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीलाई डिजिटल पेमेन्ट कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

टेलिकम सञ्चालक समितिको बैठकले मंगलबारदेखि भण्डारीलाई नियमित प्रक्रियाबाट नयाँ सीईओ नियुक्त नहुञ्जेलसम्म अन्तरिम सीईओको रुपमासहायक कम्पनीको सीईओ्को जिम्मेवारी दिएको हो।सहायक कम्पनीको सीईओमा नियुक्त भएसँगै भण्डारी टेलिकमको सहायक प्रवक्ताको पदबाट भने मुक्त हुने भएका छन् ।

तर अन्य व्यक्तिलाई सहप्रवक्ताको जिम्मेवारी नतोकेसम्म भने यो पद कायम नै रहनेछ।

टेलिकमले मोबाइल मनी सेवा सञ्चालनमा ल्याउन आज नै अन्तर्राष्ट्रिय स्तरको बोलपत्र समेत आह्वान गरेको छ । मोबाइल फाइनाइन्सियल सोलुसनको सप्लाई, डेलिभरी, इन्स्टलेसन र कमिसनिङ कार्यका लागि असोज २ शिलबन्दी बोलपत्र आवेदन बुझाउनुपर्ने जनाएको छ ।














