बाँसगढीमा बीमा अभिकर्ता तालिम सम्पन्न

बाँके :

बाँसगढीमा बीमा अभिकर्ता तालिम सम्पन्न

बीमितहरुको दायित्व वहनको लागि सबैभन्दा ठुलो जीवन बीमा कोष भएको र जीवन बीमामात्र कारोबार गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनी बाँसगढी शाखाले आज अभिकर्ता तालिम सम्पन्न गरेकोछ ।

अभिकर्ता तालिमको माध्यमबाट व्यवसाय विस्तार र आम नागरिकमा बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले दुई दिन सम्म नयाँ अभिकर्ताहरुलाई लक्ष्यित गरि तालिम संचालन गरेको बताइएको छ ।

तालीम बाँसगढी शाखाका गोविन्द राज पौडेलको संयोजकत्वमा बाँसगढीमा २५ र २६ गते सञ्चालन भएको थियो भने उक्त तालिममा ३० जना प्रशिक्षार्थी अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

तालिममा कम्पनीका क्षेत्रीय प्रमुख शैलेस श्रेष्ठ, बाँसगढी शाखाका प्रमुख बामदेव पोख्रेल, वरिष्ठ एजेन्सी म्यानेजर शिवराज थारु लगायतले दुई दिन सम्म संचालित तालिममा नेपालमा बीमाको इतिहास, बीमाको संभावना र नेपाल लाईफमा बीमा किन गर्ने लगायतका नेपाल लाईफका योजनाहरु लगायत बीमा व्यवसायको सम्वन्धमा प्रशिक्षण दिनुभएको हो ।

प्रतिक्रिया