रामु ओली / नेपालगंज : बाँकेका विभिन्न स्थानमा गरिएको ‘र्यान्डम स्याम्पलिङ’मा ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । विभिन्न ठाउँको प्रतिनिधित्व हुने गरी करिव २० ठाउँबाट तीन हजार तीन सय ३८ जनाको नमुना लिइएकोमा त्यसको परीक्षण ८१ जनामा भाइरस संक्रमण देखिएको हो ।
चेकजाचँको दायरालाई फराकिलो पार्दै जाने हो भने संक्रमितको संख्या बृद्दीहुने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको आकदाले देखाउछ | तर जिल्लाको अझ प्रमुख गरि नेपालगन्जको अवस्थालाई चित्रण गर्ने हो कोरोना संक्रमणको भयाबह स्थिति आउने आंकलन गर्न सकिन्छ |
नेपालगन्जमा रहेका अधिकांश ठुला कार्यालय, जनताको प्रत्यक्ष सरोकार रहने कार्यालयहरु एक पछी अर्को गर्दै कोरोनाको केन्द्र बन्दै गरेको र ति कार्यालय सिला गर्नु पर्ने स्थिति आएको अवस्थामा नेपालगन्जमा अझै कयौ कार्यालय, व्यवसाय र प्रतिष्ठानहरुमा चेकजाँच हुने बाकि छ |
नेपालगन्जका सम्पूर्ण बैंक तथा वित्तीय संस्था, साना ठुला होटेल तथा रेस्टुरेन्ट, कफी सप तथा चिया पसल, दुग्ध जन्य उत्पादन बिक्रीवितरण गर्ने पसलहरु, खाद्यान्न तथा किराना पसलहरु, पेट्रोल पम्पमा कार्य गर्ने कर्मचारी, कपडा पसल, बागेश्वरी मन्दिर आसपासका पुजा सामाग्री बिक्रीवितरण गर्ने पसल, अन्य सरकारी कार्यालय तथा मिठाइ पसलहरुको प्रतिनिधिमुलक नै भए पनि पिसिआर चेकजांच अनिवार्य रुपमा गर्नु पर्ने अवस्था सृजना भएको छ |
यता नेपालगन्जमा कोरोनाको स्थिति भयावह हुने स्थिति आएको छ भने लकडाउन कडाइ गर्ने प्रहरी समेत संक्रमित भएर कार्यालय नै सिल गरेर बस्नु परेको छ यस्तोमा नेपालगंजका बासिन्दा बिना त्रासका साथ बजारमा हिडडुल गर्दै गरेका दृश्य सामान्य भैसकेको छ |
बाँकेमा आइतबार देखि प्रशासनले लगाएको लकडाउन शनिबार राति १२ बजे सम्मको लागि निरन्तरता दिएको छ तर बजारको अवस्था हेर्दा लकडाउन छ भन्ने भान नै हुदैन | अनि नेपालगंज के साचिकै भगवान भरोसामै छ त ?











