अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक पोस्ट डिलिट भएको छ । कोरोनाभाइरसको विषयमा ट्रम्पको पोस्ट डिलिट भएको हो । तर पोष्ट डिलिट ह्याकरले नभइ फेसबुकले गरिदिएको हो ।
फेसबुक कम्पनीका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले गलत सूचना सेयर गरेकाले त्यसलाई डिलिट गरिएको हो । ट्रम्पको पोस्टका साथै फक्स न्यूजलाई दिएको ट्रम्पको अन्तरवार्ताको एउटा भिडियो क्लिप थियो । त्यो भिडियोमा ट्रम्पले भनेका छन् कोरोना भाइरसबाट बालबालिकाहरु लगभग सुरक्षित छन् ।
फेसबुकका प्रवक्ताले भनेका छन्, ‘यो भिडियोमा कोभिड–१९ को विषयमा गलत दाबी गरिएको छ र यो हाम्रो नीतिको उल्लंघन हो । हामी कोरोनाभाइरसको संक्रमणको विषयमा गलत सूचना फैलाउने विरुद्ध छौं ।’ यसबारे ह्वाइट हाउसको प्रतिक्रिया भने आइसकेको छैन ।











