रोकिने छाँटकाँट छैन सुनको भाउ, फेरि तोलामा ११ सयले बढ्यो

कोरोना भाइरसको महामारीका बेला पनि सुनको मूल्य रोकिने छाँटकाँट छैन । भाउ उकालो लाग्ने क्रम कायमै छ ।

बिहीबार तोलामा ११ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।

बुधबार तोलामा १६ सय रुपैयाँ बढेको सुनको भाउ आज ११ सय रुपैयाँ महँगो भएको हो ।

चाँदी तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ४५ रुपैयाँ पुगेको छ । भाउ महँगो हुँदै गएपछि कारोबार भने ठप्प छ ।

प्रतिक्रिया