हेमन्त शाही, नेपालगंज :
बाँकेको नेपालगंज सिमानाका जमुनाबाट दैनिक रुपमा नेपालीहरु भित्रदैछन् | काम तथा उपचारका लागि भारतका विभिन्न शहरमा गएका नेपालीहरु नेपाल भित्रने गरेका छन् |
भारतको हिमान्चल प्रदेशमा निर्माणको कार्य गर्दै आएका खेम बहादुर खड्का हिजो मंगलबार जमुनाहा सिमानाका हुदै नेपाल प्रवेश गरे | उनि र उनि संगै आएका ४ जना साथीहरु नेपालगंजको होल्डिंग सेन्टरमा केहीबेर बसेर प्रक्रिया पुरा गरेर आफ्नो जिल्ला दाङ तिर लागे | खड्का जस्तै दैनिक रुपमा भारतबाट नेपाल प्रवेश गर्ने नेपालीहरुको संख्या उस्तै छ | भारतमा कामको कमि र कोरोना संक्रमणको कारण उनीहरु नेपाल प्रवेश गरेको खड्काले बताए |
कोरोना संक्रमको उच्च ओखिममा रहेको बांके र नेपालगंजमा कोरोना समुदाय स्तरमै प्रेवेश गरिसक्दा पनी नेपाल भारत सिमानाकाबाट नेपाल तथा भारत प्रवेशको क्रम उस्तै छ |
हजारौको संख्यामा दैनिक आवत जावत रहने नेपालागंजको जमुनाहा सिमानाकाबाट हाल दैनिक दुइ देखि दुइ सय पचासको हाराहारीमा नेपालीहरु नेपाल प्रवेश गर्ने गरेको र नेपालबाट करिब एक सयको हाराहारीमा भारतीय नागरिकहरु नेपालदेखि भारत जाने गरेको जमुना प्रहरी प्रमुख बिष्णु गिरिले बताए |











