रमेश बि. सी.। व्यापार-व्यवसाय दर्ता गर्न अब अनलाइनबाटै गर्न सकिने भएको छ । वाणीज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बुधबारदेखि अनलाइन सेवा सुरु गरेको छ । विभागका अनुसार अब प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी तथा एजेन्सीको दर्ता, नवीकरण, संशोधन र खारेजी लगायतको काम अनलाइनबाटै गर्न सकिनेछ।आवश्यक कागजात नमिलेमा वा निवेदन स्वीकृत वा अस्वीकृत भएको जानकारी विभागले तपाईंले ईमेल, एसएमएस तथा युजर ड्यासबोर्डबाट प्राप्त गर्न सकिने छ |









