कोरोना विरुद्धको अभियानमा लागेका अमेरिकाका डाक्टर एन्थोनीलाई ज्यान मार्ने धम्की

कोरोना विरुद्धको अभियानमा लागेर चर्चा कमाएका अमेरिकाका वरिष्ठ फिजिसियन डाक्टर एन्थोनी फाउचीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । उनले आफ्ना छोरीहरुलाई पनि दुःख दिने काम भइरहेको जनाएका छन ।

कोरोना महामारी नियन्त्रणका लागि अमेरिकामा के–के भइरहेको छ भनेर सार्वजनिक रुपमा विस्तारमा बताएकाले आफूले धम्की खेप्न परेको उनको भनाइ छ । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्यसमेत रहेका डाक्टर फाउचीले सीएनएनसँग कुरा गर्दै भनेका छन्, ‘मलाई र मेरो परिवारका सदस्यलाई मार्ने धम्की दिने, मेरा छोरीहरुलाई पनि दुःख दिने ताकि मैले आफ्नोलागि सुरक्षाकर्मी राख्नुपर्छ ।

यो त आफैंमा अजिब छ ।’ उनले अगाडि भने, ‘म सपनामा पनि सोच्न सक्दैन कि त्यो यदि हदसम्म गर्छ र मलाई मार्ने धम्की दिन्छ ।’ मार्ने धम्की दिएको भनेपनि उनले आफूलाई धम्की दिने व्यक्ति को हुन् भन्ने खुलाएका छैनन् ।

कोरोना भाइरसविरुद्धको संघर्षमा फाउची डटेर लागेका छन्, जसका कारण उनी अमेरिकाभर चिनिएका छन् । कोरोना नियन्त्रणको सवालमा उनले धेरै पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि असहमति जनाउने गरेका छन् ।

प्रतिक्रिया