खजुरामा सय जनालाई रोजगारी दिने तयारी

प्रदिप राजवंशि

खजुरा : खजुरा गाउँपालिकामा सय जना स्थानियलाई रोजगारी दिइने भएको छ ।

एक सय जनालाई सय दिन रोजगारी दिने गरी योजना बनाइएको रोजगार शाखाले जनाएको छ । ५० दिन सिपमुलक तालिम समेत प्रदान गरिने गरि कार्ययोजना बनाइएको रोजगार शाखाका प्रमुख प्रतिक्षा न्यौपानेले जानकारी दिनुभयो ।

जसका लागी साउन ८ गते देखि एक महिने सुचना पनि शाखाले निकालेको बताउदै विपन्न तथा जोखिममा रहेका युवाहरुलाई रोजगारी दिने उदेश्य राखिएको रोजगार शाखा प्रमुख न्यौपानेले बताउनुभयो । प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तरर्गत सन्चालित गरिने कार्यक्राका लागी हाल फार्म संकलन गर्ने काम भैरहेको प्रमुख न्यौपानेले जानकारी दिनुभएको छ ।

यस आर्थिक वर्ष संचालन हुने कार्यक्रमका लागी आसोज, कार्तिक महिनातिर रोजगारी दिइने काम सुरु गरिने जनाइएको छ । जसका लागी ५१ लाख ७० हजार बजेट रोजगार शाखामा आइसकेको शाखा प्रमुख न्यौपानेले नागरिक समाज लाई जानकारी दिनुभयो । खजुरा गाउँपालिकाको ८ वटै वडाका स्थानियलाई रोजगारी दिने उदेश्यले आएका निवेदन माथि छलफल गरी छनोट गरिने न्योपानेले बताउनुभयो ।

लकडाउनका कारण गत आर्थिक वर्ष २०७६÷०७७ मा शाखाले पुर्ण रुपमा काम गर्न नसक्दा ३५ लाख फ्रिज भएको थियो । कुल ७५ लाख बजेट मध्ये ३९ लाख १ हजार १ सय ५७ रुपैया खर्च गर्न सकिएको थियो । जसमा २५६ जनाले २१ दिन बराबरको रोजगारी प्राप्त गरेका थिए । गाउँपालिकाको रोजगार शाखामा ६१२ जनाले रोजगारी पाउ भनि निवेदन दिएका थिए । कार्यक्रम अन्तिम अवस्थामा आएको र लकडाउनका कारण खर्च गर्न नसकिएको रोजगार प्रमुख न्यौपानेले बताउनुभयो । विद्यालयको पर्खाल निर्माण, खानेपानि टंकी निर्माण, सडक निर्माण, फोहोर व्यवस्थापन लगाएतको काम गरिएको थियो ।

प्रतिक्रिया