स्थापनाको एक दशक पूरा गर्दै एनएमसी कलेजले मनायो पहिलो ‘एनएमसी दिवस’

नेपालगन्ज- आदर्श ग्रुपद्वारा संचालित नेपालगन्ज मल्टिपल क्याम्पस (एनएमसी)ले यसै वर्षदेखि “एनएमसी दिवस” मनाउन सुरु गरेको छ।

वि.सं. २०६६ सालमा स्थापना भइ नेपालगन्जमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको एनएमसीले आफ्नो स्थापना कालको एक दशक पूरा गर्दै बुधबार कलेजमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेर “एनएमसी दिवस” को सुरुवात गरेको हो।

एनएमसी कलेजका चिफ डाइरेक्टर इश्वर पोखरेल उक्त “एनएमसी दिवस” कार्यक्रममा सभापतिको रुपमा रहनुभएको थियो । त्यस्तै,अतिथिहरुमा शिक्षक पवन गौतम,विष्णु गिरी, एकराज राणा, महेश्वर जोसी, करुण शर्मा, धर्मेन्द्र न्यौपाने , भुपेन्द्र बिसी, शरद शर्मा, उमेश सेन, आशिष अधिकारी, रविन्द्र रेग्मी, ॠषिराज देवकोटा , निर्प रावल लगायतका रहनु भएको थियो। “एनएमसी दिवस” कार्यक्रमको सन्चालन एनएमसीका क्याम्पस चिफ थानेश्वर पाण्डेले गर्नुभएको थियो।

विद्यार्थीहरुमा किताबी ज्ञान मात्र नभएर अतिरिक्त ज्ञान अभिवृद्धि होस भन्ने उद्देश्यले विद्यार्थीहरुलाई ९ समुहमा विभाजन गरि हाजिरी जवाफ प्रतियोगिता गराएको हो।



एनएमसीका सहायक क्याम्पस चिफ थमन केसीले सन्चालन गर्नुभएको उक्त हाजिरी जवाफ प्रतियोगितामा अभिनव सगैयाँ,आर्जु बम, ओम प्रताप सिंह र मनिषा यरीको ग्रुप सी प्रथम भएको थियो।

त्यस्तै, कविता पौडेल , प्रेम बहादुर थापा, सरस्वती पौडेल र सुधिर योगीको ग्रुप इ दोस्रो भएको थियो भने विवेक भण्डारी , कृष्ण आचार्य , विनु सुवेदी र अस्मिता लामाको ग्रुप बि तेस्रो भएको थियो।

हाजिरी जवाफमा प्रथम, दोस्रो र तेस्रो हुने ग्रुपलाई पुरस्कार स्वरुप ज्ञान वर्दक विभिन्न लेखकका पुस्तकहरु प्रदान गरिएको थियो।

पहिलोपटक एनएमसी दिवस कलेजले मनाउँदा आफुहरु एकदम खुसी भएको विद्यार्थीहरुले बताएका छन। अर्को वर्ष यो भन्दा भव्य कार्यक्रम गरेर कलेजले एनएमसी दिवस मनाओस भन्ने चाहाना समेत विद्यार्थीहरुले व्यक्त गरेका थिए।

प्रतिक्रिया