‘आइसोलेसनलाई सेनिटाइज नगरेरै कोरोना संक्रमितलाई राखियो’

प्रदिप राजवंशि
खजुरा : बाँकेको खजुरा खुर्दमा रहेको कृषि व्यवसाय प्रर्वद्धन सहयोग तालिम केन्द्र खजुरामा विना सेनिटाइज पुनः कोरोना संक्रमितहरु राखिएको छ ।

लकडाउन पछि क्वारेन्टाइन हुदै आइसोलेसनमा परिणत भएको तालिम केन्द्रको छात्राबासमा कोरोना संक्रमित राखेपछि बिना सेनिटाइज पुन : कोरोना संक्रमित राखिएको खबर प्राप्त भएको छ । आइसोलेसनलाई समय समयमा सेनिटाइज गर्नुपर्नेमा उक्त काम नभएकोले संक्रमण फैलने सम्भावना भएको हुदाँ त्यहाँ रहेका कार्यालयहरुका कर्मचारीहरु त्रसित बनेका छन । साथै कार्यालयको काम पनि प्रभावित बन्दै आएको छ ।

तालिम केन्द्रको छात्राबासलाई जबरजस्ति आइसोलेसन बनाइएको भन्दै कर्मचारीहरुले गुनासो गरेका छन । आइसोलेसन बनाउनु पुर्व कार्यालयलाई कुनै जानकारी नगराएर कोारेना संक्रमित राखिएको प्रति असन्तुष्ट व्यक्त गरेका छन । कृषि व्यवसाय प्रर्वद्धन सहयोग तालिम केन्द्र खजुराका प्रमुख अमरराज शर्मा घिमिरेले केन्द्रलाई आइसोलेसन बनाउदाँ कार्यक्रमहरु संचालन गर्न नसकिएको बताए । प्रमुख घिमिरेले विना सुचना, विना निर्णयको चिठि विना नै आइसोलेसन बनाइएको प्रति दुख व्यक्त गरेका छन ।

तालिम केन्द्रलाई आइसोलेसन बनाएर वरिपरि रहेका अन्य कृषि सम्बन्धी कार्यालयलाई समेत असर पारेको भन्दै यस सम्बन्धि पुन बिचार गरिदिन सम्बन्धित प्रशासनलाई आग्रह गरेका छन ।

प्रतिक्रिया