बाँकेमा आइतवार थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
अस्पताल स्रोतका अनुसार संक्रमित मध्ये वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरीहरुको संख्या धेरै छ।











