नेपालगंज सीलको दोस्रो दिन : सडक भरि सेना (फोटो)

नेपालगंज : बाँकेमा अझ बिशेषगरि नेपालगन्जमा कोरोना भाइरस संक्रमण समुदाय स्तरमा फैलिए पछी जिल्ला प्रशासन कार्यालय बाँकेले बन्दाबंदिको घोषणा गरेको थियो । नेपालगंजका केहि स्थानमा कोरोना संक्रमण ह्वात्तै बढे पछी बाँके प्रशासनले आइतबार देखि लागु हुने गरि नेपालगन्जको चार किल्ला सिला गर्ने निर्णय गरेको छ , जो हिजो देखि लागु भएको हो ।

तिना दिनका लागि गरिएको नेपालगन्जका केहि हिस्सामा नेपालि सेनाले सो एरियालाई नियन्त्रणमा लिएर सेनाकै अगुवाइमा सिला गरिएको छ ।

बजारको विभिन्न स्थानमा सेनाले तारबार सहित गस्ती दिएको छ भने एम्बुलेन्स, दमकल जस्ता सवारीसाधन बाहेकलाई बर्जित गरिएको छ ।

बाँकेमा केहि दिन यता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ भने कोरोना समुदाय स्तरमा फैलिएको छ त्यस्तै बाँकेका उच्च पदस्त सरकारी कर्मचारी देखि सभासद र बाँकेका भिआइपीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँके प्रशासनले बाँकेमा कोरोना संक्रमण समुदाय स्तरमा फालिए पछी यस्तो कदम चालेको छ।हेर्नुस केहि तस्बिर

फोटो : विश्वराज/ गोचालिखबर

प्रतिक्रिया