भारतको जोधपुरमा एकै परिवारका ११ जना मृत भेटिए

भारतको राजस्थानस्थित जोधपुर जिल्लामा एकै परिवारका ११ जना मृत फेला परेका छन् । घटनास्थलमा विषका बोत्तल र सुई पाइएको स्थानीय प्रहरीले जनाएको छ । जोधपुर जिल्लाको देचु थाना क्षेत्रको खेतमा फेला परेका उनीहरुको हत्या वा आत्महत्या के हो भन्ने पत्ता नलागेको जनाइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरुपास्कितानी शरणार्थी रहेको र खेतमा काम गरेर आफ्नो जिविकोपार्जन गरिरहेका थिए । १२ जना सदस्य रहेको परिवारमा १ जना छुट्टै सुतेकोले ३७ वर्षीय राम मात्रै बाँचेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

मृतकमध्ये ५ जना बच्चा र ४ जना महिला रहेका छन् । संचारमाध्यमका अनुसार मृतकहरुको शरिरमा कुनै चोटपटक छैन । 

प्रतिक्रिया