के हुन्छ नेपालगन्जको निषेधाज्ञा र सिल ?

नेपालगंज : बाँके जिल्लामा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा पुगेको छ | जिल्लाका अधिकाश कार्यालयहरु सीलको अवस्थामा छन् | बाँकेका उच्च पदास्थ सरकारी कर्मचारी, प्रहरी प्रमुख देखि सभासदसम्मलाई कोरोना संक्रमण पुष्टि भैसकेको छ |

बाँकेको अवस्थालाई मध्यनजर गरेरै बाँके प्रशासनले आइतबार देखि नेपालगन्जका केहि क्षेत्रलाई चारकिल्ला पारेर सिलको घोषणा गरेको आज आन्तिम तथा तेस्रो दिन हो | बाँके प्रशासनले निषेधाज्ञा बढाउने र सिल गरिएको क्षेत्रको बारेमा पनि आफ्नो धारणा आज नै तय गर्ने स्रोतले बताए |

उता निषेधाज्ञा र सिलको समयसीमा आज सकिदै गर्दा बाँकेका स्थानीयले निषेधाज्ञा र सिललाई बढाउनुको विकल्प नरहेको जिकिर गर्छन |

बाँकेमा कोरोनाको चेन तोड्नु अहिलेको प्रमुख चुनौती हो त्यसैले अहिले निषेधाज्ञा र सिललाई जारि राख्नु पर्छ , स्थानीय हेमन्त थापा बताउछन |

प्रतिक्रिया