प्रविधिलाई जितेको व्यवस्थापन

रामु ओली :

प्रविधिलाई जितेको व्यवस्थापन

नेपालगन्जको बागेश्वरी चलचित्र मन्दिरको नाम नेपालगन्ज तथा आसपासका क्षेत्रहरुका बासिन्दाको लागी नौलो नाम पक्कै होईन ।
१२ अगस्ट २०१६ पुरानो प्रविधिको चलचित्र हल बागेश्वरी चलचित्र मन्दिरले आफ्नो नयाँ मुहारको रुपमा क्युएफएक्स बागेश्वरी सिनेमाजको रुपमा आफुलाई रुपान्तरण गर्‍यो ।

काठमाडौं भ्याली बाहिरको दोस्रो क्युएफएक्सको रुपमा बागेश्वरीले आफुलाई उभ्याएन सफल भएको थियो ।

प्रविधि र सुबिधामा फड्को मारेको बागेश्वरी सिनेमाजको लागी चुनौती उत्तिकै थियो । महँगो दररेट , नयाँ वातावरण , नयाँ प्रविधि र नयाँ व्यवस्थापन जस्ता कयौं चुनौती थिए । उता नयाँ प्रविधि र सुबिधाको बारेमा सिनेमाप्रेमिलाई जागरुक बनाउन सक्नुपर्ने एउटा अर्को खुड्किलो सामुन्य नै थियो ।

नेपालगन्ज पश्चिम नेपालको सिनेमाको हब , यो हरेक सिनेमाकर्मी तथा दर्शकको भनाइ हो, नेपालगन्जको क्युएफएक्सले पाएको सफलता त्यसैको एउटा उदाहरण हो र संगै भाटभटेनी र अर्को पनि मल्टिप्लेक्स सुरुवातको अन्तिम चरणमा छ ।

भारतिय सिमावर्ती बजार र नेपालगन्जले आफुलाई गुणस्तरीय सेवा दिन सक्ने क्षमताको बिकास गरे संगै नेपालगन्ज चलचित्र ब्यापारको लागि राम्रो बन्दै गएको बताउछन् , बागेश्वरी सिनेमाजका प्रबन्धक निरज मान शाक्य ।

‘नजिककै रहेको भारतिय सिमाना , भारतिय सिमावर्ती क्षेत्रमा राम्रो सुबिधासम्पन्न हलको अभाव र हस्पिटालिटी र पर्यटनको ट्रान्जिट पोइन्टको रुपमा नेपालगन्जले आफुलाई परिवर्तन गर्दै जादा भारतिय चलचित्र प्रेमिको मुख्य आकर्षण नेपालगन्ज नै बनेको देखिन्छ जसको फाइदा नेपालगन्जले उठाउनु पर्छ ।’

प्रबिधिले फड्को मार्यो , सुबिधा आयो , हल , स्क्रिन र साउन्ड सिस्टममा अकल्पनीय परिवर्तन आयो, सिट र अन्य सुबिधा पनि थपिए , तर ती प्रबिधिलाई ब्यवस्थापन गर्नु र दर्शकको ओठमा सन्तुष्टिको मुस्कान दिनु आफैमा एउटा सानो चुनौती भने होईन ।

भित्रिएको नयाँ प्रविधि , सुबिधा र वातावरणलाई चुस्त राख्न ब्यवस्थापनको पाटो महत्त्वपूर्ण हुन्छ , नेपालगन्जको बागेश्वरी सिनेमाजका प्रबन्धक निरजमान शाक्य त्यही पाटोलाई सम्हाल्दै बागेश्वरी सिनेमाजलाई चुस्त राख्न खटिएका छन् ।

सिनेमाजले आफुलाई परिमार्जन गरेको एक बर्ष पछि क्युएफएक्स प्रवेश गरेका निरजमान शाक्यको पहिलो कार्य दर्शकले सिनेमा हेर्न आउँदा हरेक सुबिधा प्राप्त गरुन् भन्ने थियो , त्यसैले ब्यवस्थापनको पाटोलाई हरेक दिन दायरा बढाउदै लगेको उनी बताउछन् ।

‘हामिले हलको वातावरणलाई परिवार मैत्री बनायौ , यो नै हाम्रो ठूलो सफलता हो । दर्शकलाई हामिले फुड कर्नरमा पाउने सबै परिकार उपलब्ध गराउन सक्षम भएका छौं ।र हामिले हलको इन्टेरियर डिजाइन , सोफा , पर्दा , सरसफाइ र टेक्निकल कामहरु जस्ता कुराहरूलाई हरेक दिन महत्त्वपूर्णका साथ हेर्छौ । कारण यस्तै साना तर महत्त्वपूर्ण कुराहरुले नै दर्शकको मन जित्छ ।’ शाक्य बताउछन् ।

उनी प्रबिधिलाई जति बिश्वास गर्छन् उति नै ब्यवस्थापन चुस्त राख्न लागि पर्छन् । सेफ्टी र सेक्युरिटि शाक्य महत्त्वपूर्ण मान्छन् ,

‘हलको उदेश्य नै दर्शकलाई मनोरञ्जनका लागि वातावरण तयार गर्नु हो त्यसैले ब्यवस्थापनको पाटो जब सम्म दरिलो हुदैन तब सम्म दर्शक खुशी हुन सक्दैन त्यसै कारण हामिले हललाई पारिवारिक मैत्री वातावरण बनाउने कुरामा हामि कहिल्यै सम्झौता गर्दैनौं , फिल्म हेर्ने मात्रै होइन तीन घन्टा दर्शकले खाने र रिल्याक्स गर्ने ठाउँ पनि हो सिनेमा घर’

मध्य तथा सुदुर पश्चिमको एक्लो नगरी नेपालगन्ज आफैमा इतिहास बोकेको शहर हो , कृषि उद्योग हुँदै पर्यटनको ट्रान्जिट पोइन्ट बन्ने तरखरमा रहेको नेपालगन्जलाई अहिले मनोरञ्जनका हिसाबले फड्को मार्दै गरेको शहर हो भन्दा फरक पर्दैन । कलाकार , चलचित्र निर्माण पक्षले समेत नेपालगन्जलाई प्राथमिकता राख्दै गर्दा नेपालगन्जमा भएका सिनेमा हल र त्यसको अवस्थाले भने ठुलै अर्थ राख्ने गर्छ ।

त्यसैले , बागेश्वरी सिनेमाजका प्रबन्धक निरज मान शाक्य प्रबिधिको पाटो संगै कर्मचारी ब्यवस्थापन , टिकेटिङ , इन्टेरियरका कुरा , टेक्नोलोजी मर्मतका कुरा , एसि र जेनेरेटर जस्ता जडित प्रबिधिको लागी (एसओपि) स्ट्यान्डर्ड अपरेटिङ प्रोसुजोर तयार गरेर काम गर्ने गरेको कुरा बताउछन् ।

‘हरेक टेक्नोलोजीको सर्भिसिङ अन टाइम हुन्छ , अनि हाम्रो इन्टर्नल स्टाफहरुको बोली र ब्यवहारको कुरा पनि महत्त्वपूर्ण भएर आउँछ , दर्शकसंग बोल्ने तरिका, गर्ने ब्यवहार, सरसफाइ जस्ता कुरालाई महत्त्व दिने गरेको छु । हामिले चुस्त सर्भिस दिनुपर्छ , हामिले दिएको सर्भिसकै कारण दर्शकले हामिलाई बिश्वास गरेका छन् , माया गरेका छन् र मात्रै हामी सफल देखिएका छौं ।’

नेपालगन्जमा स्तरीय हल थपिदै छन् , ब्यवसायको दायरा पनि फराकिलो हुँदै छ । यस्तो अवस्थामा ब्यवस्थापनलाई चुस्त पार्न नसके ब्यवसायको उल्टो गन्ती सुरु हुन लामो समय लाग्दैन भन्ने बुझेका शाक्य त्यसको लागि सम्झौता गर्नै नसक्ने बताउछन् ।

‘म प्रबिधिलाई पनि ब्यवस्थापनले जित्नु पर्छ भन्ने मान्दछु , पहिले दर्शकहरु पारिवारिक वातावरण नभएर हल सम्म जान हिचकिचाउने गर्थे । अहिले सबै कुरा राम्रो छ, राम्रो हल छ , राम्रो सुरक्षा छ, राम्रो अनि आरामदायी सिट तथा स्तरिय सिट , गुणस्तरीय पिक्चर र हरेक रेस्टुरेन्टमा पाउने हरेक सुबिधा छ त्यसैले नेपालगन्ज मात्रै नभएर भारतबाट पनि फिल्म हेर्न आउछन् । जसले गर्दा व्यापार राम्रो छ भने विशेषगरी नेपालगन्जको ब्यापार र चहलपहललाई टेवा पुर्‍याएको छ ।’

प्रबिधिलाई पनि कसरी ब्यवस्थापन गर्ने र कसरी प्रयोग र सहि सदुपयोग गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्ने भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ । र अहिले हिन्दी संगै नेपाली चलचित्र पनि स्तरीय बनेका छन् । सिनेमा बलियो भएका छन् भने हल पनि स्तरिय छ । प्रबन्धक शाक्य भन्छन् ।

प्रतिक्रिया