नेपालगन्ज : बाँकेको राजनितिमा उदाउँदो नाम हो हुकुम केसी । राष्ट्रिय प्रजातन्त्र पार्टिका जिल्ला सदस्य तथा युवक संगठन बाँकेका अध्यक्ष समेत रहेका केसी यो बेला जनताको सेवा गर्दै गर्दा कोरोना संक्रमित हुन पुगेका छन ।
जनताको काममै दिनरात नभनी खटिने युवा नेता हुकुम केसीलाई कोरोना संक्रमण हुन पुगेको हो । कोरोना संक्रमण भएपछि उनको दैनिकि बदलिएको छ । उनि विहान उठ्छन आफ्नो नित्यकर्म गर्छन, हल्का व्यायाम गर्छन ।
विहानीको खाजा सगै आफ्न्त, साथिभाई सगं कुराकारी गर्दै, फेसबुक चलाउदै र किताव पढ्दै दिन विताउने गरेका छन । युवा नेता केसीलाई कोरोना संक्रमण भएपनि उनि आफ्नो रोग संग लड्ने प्रतिरोधात्मक क्षमता बढाउन हरदम लागेका हुन्छन । खानेकुरा देखि व्यायाम सम्म उनले निरन्तर रुपमा ध्यान दिने गरेका छन । उनि भन्छन् कोरोना संक्रमित भए भन्दैमा डराउन पर्दैन ।
केसिले भने, निरन्तर स्वास्थ्यकर्मिको निगरानिमा बसेका छौ, सहजै कोरोना संगको लडाई जित्न सकिनेमा ढुक्क छु । केसी संक्रमित पुष्टि भएको आज मंगलबार पाँचौ दिन पुगिसकेको छ । पाँचौ दिन सम्म उनले केहि पनि औषधि प्रयोग गर्न परेको छैन । सामान्य घरेलु उपाय अपनाइरहेको छु, केसीले भने ।
युवक संगठन बाँकेका अध्यक्ष केसीले कोरोना संक्रमण बाट शुरक्षित भएर बस्न आग्रह गरेका छन । कोरोनाको कहरसगं डराउनुपर्ने छैन । आफ्नो इम्न्युनि पावरले नै हो कोरोनालाई जित्ने, त्यसैले धेरै भिडभाडमा नगएर शुरक्षित रहन सबैमा उनले अपिल समेत गरेका छन ।
केसीले आफ्नो फेसबुकमा लाइभ फार्मत पनि आफ्नो स्वास्थ्य अवस्था राम्रो भएको बताएका छन । उनले कोरोना भाइरसका कारण डराउन नपर्ने बताए । उनले आफु छिटै कोरोनालाई हराएर पुन ः जनताको सेवामा लाग्ने बताएका छन । आफुलाई स्वास्थ्य लाभ गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेका छन ।











