नेपालगन्ज : कोरोना संक्रमणको पुष्टि भएपछी नागरिक समाज डटकमका सहसम्पादक समेत रहेका कृषि पत्रकार समाज प्रदेश पाँचका उपाध्यक्ष खगेन्द्र दाहाल दैनिक आफ्नो नित्यकर्म संगै नागरिक समाज डटकमको लागी आइसोलेसनबाटै काम गर्दै आएका छन् ।
फोन सम्पर्कबाटै रिपोर्टिङ गर्ने र समाचार तयार गर्ने देखी आइसोलेसनमा रहेका बाँकेका बिशिस्ट ब्यक्तिहरुको अनुभवलाई उतार्ने काम गर्दै आएका दाहाल कोरोना संक्रमण देखि डराउन नहुने बरु सचेत र सजग रहनु पर्ने बताउछन् ।
‘म पहिले जस्तै छु , म फिट छु , स्वस्थ्य छु , दैनिक आफ्नो काम बाहिर हुँदा जसरी नै गर्दै आएको छु’ उनले भने ।
बाँकेमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिदा समाचार संकलनका क्रममा कोरोना पोजेटिभ बनेका दाहाल बाँकेमा कोरोना कहरमा फ्रन्टलाइनमा रहेर खटिने पत्रकार मध्य अग्रपंक्तिमा आउछन् ।
कोरोना संक्रमण देखिएर आइसोलेसन बसेको पाँच दिन भयो , हामिमा कोरोना छ जस्तो लाग्दैन किनकी हामी स्वस्थ्य र फुर्तिला छौ र हामिले कोरोनालाई हाम्रो आत्मबलले जित्छौ । उनले भने ।
किताब पढ्ने, ब्यायाम गर्ने र समाचार तयार गरेर आइसोलेसन देखि नै अपडेट गर्ने उनको दैनिकी छ । काम नगरी बस्न सक्दिन , त्यसैले आइसोलेसन देखि नै समाचार तयार पार्ने देखी अन्लाईन अपडेट गर्ने काम गर्दै आएको छु । दाहालले बताए ।












